20.2k
Shares
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यतर्फ दोस्रो जीत हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन् ।
उनी १०,०२० मतसहित विजयी भएका हुन् । योसँगै नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा जित निकालेको छ । ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए।
निवर्तमान सांसद समेत रहेका श्रेष्ठ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षामन्त्री समेत भएका थिए । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८,७२५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५,२७९ मत प्राप्त गरेकी छिन् ।