आकर्षक व्यक्तित्वकी धनी छिन्, संगीता बस्यालर । उनको खेल पनि त्यसै व्यक्तित्वअनुसार मिल्छ पनि । ६२ केजी तौल समूहमा भारतकी गगनजोत गिललाई १९–८ ले हराएर स्वर्ण पदक जित्न सफल बनिन् संगीता ।
१२ औँ सागको छनोटमा आयशा शाक्यसँग पराजित संगीता बस्यालको सागमा खेल्ने सपना पूरा हुन पाएन । तर, उनै आयशा केही समय तेक्वान्दोमा निस्क्रिय हुँदा संगीताले राष्ट्रिय टोलीमा पर्ने अवसर पाइन् र जकार्ता एसियाडको अनुभव बटुलिन् । सागको पहिलो सहभागितालाई यादगार बनाउने क्रममा यिनले भारतकी खेलाडीलाई हराएर स्वर्ण जितिन् ।
२६ वर्षीया उनी १४ वर्षको उमेरदेखि नै तेक्वान्दोमा लागेकी हुन् । चितवनकी उनी अहिले काठमाडौंको ठूलो भ¥याङमा बसोवास गर्दै आएकी छन् । अविवाहित सशस्त्र प्रहरी बलको विभागिय खेलाडी उनले ज्ञानोदय स्कुल बाफलबाट एसएससी पास गरेकी हुन् । सागमा भारतीय खेलाडी पनि राम्रो नै थियो । थोरै लिड गरिरहेको थिएँ । उसले हानेको ब्लक गरेपछि मेरो स्कोर बढेर मैले जितें । भविष्यमा कोच बन्ने योजना छ । सशस्त्रको सिपाहीको रुपमा कार्यरत छु । ओलम्पिकसम्म खेल्ने योजना छ । सागमा स्वर्ण जितेपछि सशस्त्र प्रहरीले व्यक्तिगत तहमा गएर १ लाख रजतलाई ५० हजार र कास्य पदकलाई २५ हजार उपलव्ध गरायो । लकडाउनले प्रशिक्षणको तह अलि घटाएको छ । सागको फर्ममा कमी आएको छ । लकडाउनले ३ केजी तौल बढ्यो ।
पहिलाको टार्गेटमा पुग्ने लक्ष्यसहित ट्रेनिङ गरिरहेको छु । २०१८ को एसियन इन्डो गेममा सहभागी भएको थिए । पहिला भन्दा राम्रो भएको थियो । तेक्वान्दो खेलमा कसरी लाग्नुभयो भन्ने जिज्ञासामा संगीता भन्छिन् ‘बाटोमा हिँड्ने क्रममा मान्छेहरू चिच्चाएर खेलिरहेको देख्दा के खेलेको होला भन्ने लाग्यो, त्यसपछि मैले पनि परिवारलाई आफू पनि खेल्न जाने भनेर जिद्धि गरेपछि मेरो परिवारले खेल्न पठाएका थिए । एक महिना जति मैले खेलेपछि मात्र यो खेलको नाम तेक्वान्दो भन्ने थाहा पाएँ ।
परिवारको सदस्यले सहयोग गर्नु भएन । तर हजुर आमाले सहयोग गर्नुभयो । खेलमा लागेर पदक ल्याउन पाए राम्रो हुन्छ भन्ने लाग्दै गयो । आत्म रक्षाका लागि खेल्न गएको म विस्तारै मौका पाउन थालें । राष्ट्रिय टोलीमा सहभागी हुने मौका मिल्यो । यसले हौसल बढाउँदै लग्यो । राज्यले खेलाडीलाई सहयोग गर्दै गए अझ राम्रो खेल्न सक्छन् । पहिला भन्दा राम्रो छ । तर यसमा सुधार गर्दै जानुपर्ने संगीता बताउँछिन् ।
मार्सल आर्ट्सको उपलब्धि बिर्सने हो भने नेपाली खेलकुद अन्तर्राष्ट्रिय जगत्मा अझै पनि शून्यको स्थितिमा छ । मार्सल आर्ट्समा पाएको सफलता नै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चिनारी हो । त्यसमा पनि तेक्वान्दोले नेपाललाई विशेष सफलता दिलाएको छ । नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी पदक तेक्वान्दोबाटै हासिल गरेको छ । दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपाललाई सर्वाधिक पदक तेक्वान्दोबाटै मिलेको संगीता बताउँछिन् ।