भावी प्रधानमन्त्री प्रचण्ड नै हुनुपर्छः बिना मगर

19.2k Shares

काठमाडौं, २५ कात्तिक नेकपा (माओवादी केन्द्र) नेतृ एवं कञ्चनपुर की उम्मेदवार बिना मगरले आफू नेपाली कांग्रेसको समेत उम्मेदवार भएको बताएकी छन्

नेकपा (माओवादी केन्द्र) को मात्र होइन नेपाली कांग्रेसको पनि उम्मेदवार हुँ एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको पनि उम्मेदवार थियो जनताले एजेन्डामा विश्वास गर्ने हो संविधानको रक्षा विकासका लागि गठबन्धन एकमात्र विकल्प हो जनताले गठबन्धनका सबै उम्मेदवारलाई जिताउँछन्मगरले भनिन्

गठबन्धनबाट भावी प्रधानमन्त्री प्रचण्ड नै हो भन्ने प्रश्नमा मगरले भनिन्, गठबन्धनमा सरकारको नेतृत्वको विषय टुंगिसकेको छैन तर प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने मेरो धारणा किनभने उहाँ परिवर्तनका लागि राष्ट्र जनताको पक्षमा उभिएको नेता हो आम जनताको नेतृत्व गर्न प्रचण्ड नै सक्षम हुनुहुन्छ

नेतृ मगरले आफूले विगतमा सांसद रहँदा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतको आधारभूत जग बसालेको बताइन् उनले भनिन्, मेरो क्षेत्रका चार पालिका बेलबारी, बेलौरी, लालझाडी, पुनर्वासमा धेरै खानीपानी योजना छन् कोही सञ्चालन छन्, कोही ठेक्का प्रक्रियामा छन्, कोही शिलान्यासका क्रममा छन् दोधारामा पुल निर्माण भएको अब दोधारा तटबन्धनका लागि काम गर्नुपर्छ साथै उनले मेरो शिक्षा स्वास्थ्य राज्यको लगानी गर्नुपर्ने औंल्याइन्

 

सम्बन्धित समाचार