ललितपुरको तिनवटै क्षेत्रमा गठबन्धनको जित सुनिश्चित !

20.9k Shares

ललितपुर । ललितपुरको तिनवटै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित जस्तै बनेको छ । गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुले गठबन्धनका उम्मेदवारलाई जिताउन इमान्दारिताका साथ लागेकै कारणले पनि जित सुनिश्चित जस्तै बनेको हो । 

गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र एसका झण्डै दुई तिहाई जनप्रतिनिधिहरु निर्वाचित बनेका थिए । ललितपुर महानगरपालिकाको मेयरसहित वडाहरुमा गठबन्धनकै उम्मेदवारहरु विजयी भएकै कारणले पनि संघ र प्रदेशमा पनि गठबन्धन भएको कारण सहजै भारी मतान्तरले गठबन्धनका उम्मेदवारहरु विजयी हुने जिल्लास्तरीय गठबन्धनका नेताहरुले बताएका छन् ।

क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवारहरुको पल्लाभारी देखिएको छ । गठबन्धनका कारण अन्य दलका उम्मेदवारहरुले प्रचारप्रसारसमेत गर्न आँट गरिरहेको अवस्था छैन ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेस केन्द्रीय सदस्य उदय शम्सेर राणा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेको छन् । त्यस्तै प्रदेश (क) तर्फ ने.क.पा. माओवादी पोलिटब्युरो सदस्य प्रभावशाली नेताको रुपमा परिचित भइसकेका हरि दाहाल रहेको छन् भने प्रदेश (ख) तर्फ नेपाली कांग्रेस लोकप्रिय तथा प्रभावशाली युवा नेताको रुपमा परिचित भइसकेका मीनकृष्ण महर्जन रहेका छन् ।

दोस्रो कणालीका रुपमा हेरिएको ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवारहरु राणा, दाहाल र महर्जन लामो समयदेखि जनतासँग दुःख सुखमा साथमा रहँदै आएका नेताहरु भएकै कारणले गठबन्धनका उम्मेदवारहरुको पल्लाभारी भएको ललितपुर क्षेत्र नं. १ का जनताहरुको भनाई रहेको छ ।

गएको स्थानीय निर्बाचनमा ललितपुरको क्षेत्र नम्बर १ को ३० वडा मध्ये २२ वटा वडा नेपाली कांग्रेसले जितेको थियो । त्यस्तै ललितपुर क्षेत्र नं. १ मा पर्ने ४ वटा पालिका मध्ये गोदावरी नगरपालिकाको नेपाली कांग्रेसतर्फबाट मेयर उपमेयर सहित बिजयी भएका थिए भने बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवार प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादीका उम्मेदवारले पनि जित हासिल गरेका थिए । अर्को कोन्ज्योसोम गाउँपालिकामा नेपाली कांग्रेसले उपप्रमुखमा विजयी हासिल गरेको थियो भने प्रमुखमा एमाले उम्मेदवार झिनो मतले जितेका थिए । उता, अर्को महाँकाल गाउँपालिकामा गठबन्धनका उम्मेदवार प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादीका उम्मेदवारले जित हासिल गरेका थिए । बाँकि ८ वडा मध्ये माओवादीले ४ र एमाले ४ वडा जितेको थियो । समग्र रुपमा स्थानीय निर्बाचनको नतिजालाई हेर्ने हो भने गठबन्धनका उम्मेदवार प्रतिनिधि सभाका उम्मेदवार उदय शम्शेर राणा, प्रदेश (क) का हरि दाहाल र प्रदेश (ख) का मीनकृष्ण महर्जन सजिलै चुनाव जित्ने ललितपुर क्षेत्र नम्बर १ का जनताहरुको बुझाई रहेको छ । यतिखेर गठबन्धनका कार्यकर्ताहरु ब्यापक रुपमा परिचालित देखिएको कारण एमालेका उम्मेदवारहरुमा निराशापन छाएको छ ।

स्थानिय निर्बचनमा एमालेका प्रतिनिधि सभा उम्मेदवार नबराज सिल्वाल प्रदेश (क) का उम्मेदवार मधुसूदन पौडेल र प्रदेश (ख) का उम्मेदवार चेतनाथ संजेलले आफ्नो वडा समेत जोगाउन सकेका थिएनन् । ती सबै वडाहरुमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका थिए । सिल्वाल र सन्जेलले ५ बर्षे कार्यकालमा जनतालाई बिकास निर्माणका कामहरु, बोलेको योजनाहरु पुरा गर्न नसकेको कारण पनि स्थानीय निर्बाचनमा आफ्नो वडा समेत जोगाउन नसकेको स्थानीयको भनाई रहेको छ । त्यस्तै प्रदेश (ख) का उम्मेदवार मधुशुदन पौडेल २०६४ सालको पहिलो संबिधान सभा निर्बाचनमा र २०७० सालको दोस्रो संबिधान सभा निर्बाचनमा नराम्रोसँग पराजित भएका थिए । त्यसैले समग्र रुपमा गठबन्धनका उम्मेदवारहरु भन्दा एमालेका उम्मेदवारहरु निकै कमजोर देखिएको छ ।

स्मरणीय छ, २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता मीनकृष्ण महर्जन एमाले र माओवादीको गठबन्धनका बाबजुद पनि झिनो मतान्तरले पराजित भएका थिए ।

त्यस्तै, क्षेत्र नं. २ मा पनि गठबन्धनका उम्मेदवारहरुको अगाडि अन्य दलका उम्मेदवारहरु खुलेर प्रचारप्रसारसम्म गर्न नसक्ने अवस्था रहेको गठबन्धनका नेताहरुले बताएका छन् । ललितपुर क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट टिकट पाई विजयी भएका हालका नेकपा एकीकृत समाजवादी (एस) बाट संघमा उम्मेदवार दर्ता गरेका कृष्णलाल महर्जन, प्रदेश (क) बाट रिसा श्रेष्ठ र प्रदेश (ख) बाट पूर्व सांसद एवम् प्रभावशाली नेता रामकृष्ण चित्रकार रहेका छन् । यी तिनै जना अन्य दलको तुलनामा निकै पल्लाभारी रहेको गठबन्धनका नेता तथा कार्यकर्ताहरुले बताएका छन् ।

त्यस्तै, ललितपुर क्षेत्र नं. ३ मा पनि गठबन्धनका ‘हेभ्भी’ उम्मेदवारहरुको उम्मेदवारीका कारण अन्य दलका नेताहरुले आगामी संघ र प्रदेशको निर्वाचनबाट आउने परिणामबारे आँकलन गरी उनीहरुमा निरासापन छाइसकेका स्थानीयले चिया गफमा बताउने गरेका छन् ।

ललितपुर क्षेत्र नं. ३ मा गएको २०७४ सालमा संघमा विजयी भइसकेकी प्रभावशाली नेतृ तथा वर्तमान ऊर्जा मन्त्री माननीय पम्फा भुषालले गठबन्धनको तर्फबाट पुनः संघको टिकट पाई उम्मेदवार दर्ता गराइसकेकी छिन् भन्े २०७४ सालमै प्रदेश (क) बाट निर्वाचित बनी जनताको मनमा बस्न सफल भइसकेका निवर्तमान बागमती प्रदेश सांसद राजकाजी महर्जनले प्रदेश सांसदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । त्यस्तै बागमती प्रदेश (ख) का लागि गठबन्धनको तर्फबाट नेपाली काग्रेसका पार्टी सभापति जितेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यी तिनै जना उम्मेदवार जनमानसमा भिजिसकेका उम्मेदवार भएकै कारण र गठबन्धनको कारणले यिनीहरुको जित पनि सुनिश्चित जस्तै रहेको छ । 

सम्बन्धित समाचार