सन्दिप लामिछाने असोज २० गते नेपाल आएर प्रहरीसामू आत्मसमर्पण गर्ने

18.5k Shares

काठमाडौं, १५ असोज नाबालिग बलात्कार आरोपमा फरार रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने यही असोज २० गते नेपाल आउने भएका छन् उनले आज सामाजिक सञ्जालमार्फत आफू अक्टोवर मा नेपाल आउने प्रहरीसामू उपस्थित् हुने बताएका छन्

लामिछानेमाथि एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएकी छिन् प्रहरीले अदालतबाट लामिछानेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिसकेको उनी लामो समयदेखि विदेशमै लुकेका कारण प्रहरीले ईन्टरपोलको सहायतामा विदेशबाटै पक्राउको तयारी गरेको थियो

लामिछानेले आफूमाथि लागेको आरोप असत्य कपोकल्पित भएको दाबी गर्दै आएका छन् उनले आफूले यसबारेमा कानूनी लडाईं लड्ने पनि जनाएका छन्

 

सम्बन्धित समाचार