काठमाडौं । सुरक्षाको लागि साथ साथ परियोजना अन्तर्गत शक्ति समुहले कोभिड—१९ बाट संक्रमित विपन्न परिवारलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको रोहवरमा उहाँकै कार्यकक्षमा विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।
गोदावरी नगरपालिका प्रमुख महर्जनको रोहवरमा शक्ति नेपालकी परियोजना अधिकृत इन्दिरा सापकोटाले गोदावरी नगरपालिका वडा नं. ११ की दुर्गा देवी श्रेष्ठलाई झण्डै २५ हजार रुपैयाँ बराबरको सिलाईको लागि आवश्यक सामाग्रीहरु र गोदावरी नगरपालिकाकै वडा नं. ७ की लक्ष्मी तामाङलाई लप्सी व्यवसायको लागि आवश्यक भाँडाहरु असोज २ गते वितरण गरिएको थियो ।
देशै भरिका विपन्न परिवारहरुलाई शक्ति नेपालले यस्ता सामाग्रीहरु वितरण गर्दै आइरहेको सो कार्यक्रममा शक्ति समुहकी परियोजना अधिकृत इन्दिरा सापकोटाले बताएकी थिइन् ।
सो सामाग्री वितरण कार्यक्रममा नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, प्रशासकीय प्रमुख प्रविण कोइराला, प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष मिलन सिलवाल, वडा नं. ७ का मथुरा शर्मा, नानीमैया कार्की, रमा सञ्जेल, सन्त देसारलगायतको उपस्थिति रहेको थियो ।