काठमाडौं । नेपाल प्रहरीमा
एआईजी बढुवाका लागि आकांक्षीहरु शक्तिकेन्द्र
धाइरहेको अवस्थामा गृहमन्त्री र आईजीपीबीच चुनावअघि
बढुवा नगर्ने सहमति भएपछि बढुवाको लागि चलखेल गर्ने
प्रहरी अधिकारीहरु चुपचाप लागेर बस्न बाध्य भएका
छन् ।
हाल
प्रहरीमा एआइजीका दुई पद रिक्त
छन् । मंसिरमा थप
दुई पद रिक्त हुने
भएकाले चार जनाको बढुवा
गर्ने सरकारको तयारी छ । बढुवाका आकांक्षीहरू
शक्तिशाली भएकाले पनि दुई पदमा
बढुवा नहुने भएको हो ।
राजनीतिक
शक्तिका दृष्टिकोणले अशोक सिंह र
दीपक थापा सबैभन्दा अगाडि
छन् । सिंहलाई बालुवाटारले,
थापालाई एमालेले बोकेको स्रोत बताउँछ । वसन्त कुँवर,
टेकप्रसाद राई, श्यामलाल ज्ञवाली,
सन्दीप भण्डारी, उमेशराज जोशी, किरण बज्राचार्य, मीरा
चौधरी, रामदत्त जोशी, भीम ढकाल पनि
शक्तिका पछाडि कुदिरहेका छन् ।
दुई
जनालाई मात्र बढुवा गर्दा भावी नेतृत्वको प्रतिस्पर्धा
पनि साँघुरो हुने भएकाले तत्काललाई
रोकिएको हो । अब सबै
तहको बढुवा चुनावपछि गर्ने तयारी छ ।
बढुवा
रोकिएपनि सरूवा भने दैनिक जसो
हुने गरेको छ । पछिल्लोपटक नवलपुरका
एसपी फेरियो । एसपी प्रज्वल
महर्जनले कांग्रेस नेताहरूको अनावश्यक दबाब नमानेपछि उनलाई
६ महिनामै हटाइएको छ । जहाँ भुवनेश्वर
तिवारीलाई पठाइएको छ । उता पश्चिम
नवलपरासीको एसपीले भने गम्भीर गल्ती
गर्दा पनि कारबाही भएको
छैन । कांग्रेस नेता
देवेन्द्रराज कँडेलले उनलाई जोगाएको स्रोत बताउँछ । बांके, सुर्खेत
लगायतका जिल्लामा एसपी फेर्न भने
गृहमन्त्री र आईजिपी अझै
कुरा मिलेको छैन । सरूवा रोकिदा
बांकेका एसपी भने चुनावसम्म
बसेर मस्त कमाउने अभियानमा
छन् ।
उता
पर्सा, धनुषा लगायत जिल्लाका एसपी १० महिनामै
हटाउन पनि चलखेल चलिरहेको
छ । चुनावमा धेरै
जिल्लामा कांग्रेस नेताहरूले आफुअनुकुल प्रहरी लैजाने प्रयास गरिरहेका छन् । जसकारण तल्लो
तहमा प्रहरीको पनि काज सरूवा
बढ्न थालेको छ । चुनावको मुखमा
यसरी प्रहरीमा राजनीतिकरण हुंदा चुनावी सुरक्षा कमजोर हुनसक्ने प्रहरी मुख्यालयमा चिन्ता छ ।