रिकोडद्वारा देवीचौरमा वक्तृत्वकला प्रतियोगिता आयोजना

20k Shares

ललितपुर, २९ भदौ  ।  ५८ औँ बाल दिवसको अवसरमा ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को संयोजनमा गोदावरी नगरपालिका, देवीचौरका दुई ओटै माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको

देवीचौरको श्री देवी माविमा लैङ्गिक समानताको व्यवहारिक प्रयोग यसका चुनौतिहरु विषयमा बुरुञ्चुलीको श्री भिमसेन आदर्श माविमा लैङ्गिक समानता विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो

देवी माविमा सम्पन्न प्रतियोगितामा प्रविना तामाङ पहिलो, गणेश बजगाँई दोस्रो लक्ष्मी तामाङ तेस्रो भएका विद्यालयका शिक्षक रामेश गौतमले जानकारी दिए

विजयी छात्रछात्रालाई विद्यालयका प्रधानाध्यापक हरिबहादुर चौहान रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले झोला तथा शैक्षिक सामग्री पुरस्कारस्वरूप वितरण गरेका छन्   

भिमसेन आदर्श माविमा सम्पन्न प्रतियोगितामा पूर्णिमा तामाङ पहिलो, आर्कति तामाङ दोस्रो स्मारिका तामाङ तेस्रो भएको विद्यालयका शिक्षक दिपक दुलालले जानकारी दिए

विजयी प्रतियोगीलाई विद्यालयका प्रधानाध्यापक आत्मराम घिमिरे रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले झोला तथा शैक्षिक सामग्री पुरस्कारस्वरूप वितरण गरेका छन्   

बालमैत्री समाजको आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने नाराका साथ देशभर भदौ २९ गते बाल दिवस मनाइएको


सम्बन्धित समाचार