19.3k
Shares
काठमाडौं, २२ भदौ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा हिजो मंगलबार साँझ यौन दुव्र्यवहार गरेको आरोपसहित किटानी जाहेरी परेको बुझिएको छ ।
प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर विस्तृत जानकारी भने गराएको छैन । लामिछाने हाल देश बाहिर रहेका छन् ।