सिट बाँडफाँट कार्यदलले प्रतिवेदन तयार पार्यो

17.2k Shares

काठमाडौं, २१ भदौ सत्ता गठबन्धनको कार्यदलको सोमबारको बैठकमा सिट बाँडफाँटको प्रतिवेदन शीर्षस्थ तहमा बुझाउने सहमति भएको

कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको बैठकमा १६५ निर्वाचन क्षेत्रमा कुन दलको कस्तो अवस्था भन्नेबारे छलफल भएको बताए

सोमबार एक सय ६५ निर्वाचन क्षेत्रमा कसको के अवस्था , त्यसबारे छलफल गरेका छौं आज फेरि छलफललाई निरन्तरता दिएर बैठक बस्छ उनले भने

मन्त्री कार्कीले बैठकमा कार्यदललाई दिइएको जिम्मेवारी पूर्णरुपले वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमति भएको जानकारी दिएका छन्

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा सञ्चारमन्त्री कार्कीसहित महामन्त्री गगनकुमार थापा सदस्य छन्

नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ वर्षमान पुन, एकीकृत समाजवादीबाट डा। वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी आनन्द शर्मा रहेका छन्

सम्बन्धित समाचार