इराकमा हिंसात्मक प्रदर्शन : कम्तीमा ३० जनाको मृत्यु, ७०० जना घाइते

19.5k Shares

काठमाडौं, १४ भदौ इराकको बग्दादमा भड्किएको हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा ३० जनाको मृत्यु भएको समाचारसंस्था अलजजिराका अनुसार हिंसात्मक प्रदर्शनका क्रममा ७०० जनाभन्दा बढी घाइते भएका छन् जसमा सैन्य बलका ११० जना सामेल छन्

इराकका शक्तिशाली शिया मुस्लिम धर्मगुरु मुक्तदा अल-सद्रले आफ्नो राजनीतिक जीवन त्यागेको घोषणा गरेसँगै बग्दादमा प्रदर्शन सुरु भएको थियो प्रदर्शनकारीहरुले सरकारी कार्यालय राष्ट्रपति भवन कब्जा गर्न खोजेपछि प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको हो

हिंसात्मक प्रदर्शनका कारण बग्दादमा उडानहरु प्रभावित भएका छन् दुबईको इमिरेट्स एअरलाइन्सले बग्दादका लागि तय भएका आफ्ना सबै उडानहरु रद्द गरेको उसले त्यहाँको अवस्था हेरेर आगामी दिनमा उडान हुने नहुने तय गर्ने बताएको

प्रदर्शनका क्रममा धर्मगुरुका समर्थक इरानको समर्थनमा रहेका समूहबीच झडपसमेत भएको समाचारमा जनाइएको प्रदर्शन हिंसात्मक बनेपछि रोक्नका लागि सैन्य प्रशासनले कर्फ्यू लगाएको

सम्बन्धित समाचार