गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

19.2k Shares

काठमाडौं, साउन २९ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक आज बस्दै छ । अपराह्न ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्ने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

बैठकमा चुनावी सिट बाँडफाँड मुख्य एजेन्डा रहने बताइएको छ । पाँचदलीय गठबन्धनमा सिट बाँडफाँडको ‘मोडालिटी’लगायत विषय समेटेर प्रतिवेदन तयार पार्न कार्यदल बनाइएको छ ।

कार्यदलको यसअघि दुईपटक बैठक बसेर सिट बाँडफाँडका विषयमा छलफल गरिएको छ । आज गठबन्धनका शीर्ष नेताको बैठकमा त्योसहित समसामयिक राजनीतिक विषयमा छलफल हुन सक्नेछ ।

सम्बन्धित समाचार