सर्लाही । सर्लाहीको सागरनाथ जंगलमा एक शिशु(छोरी)को हत्या गरी शव गाडेको करिब एकमहिना पुग्न लाग्दा पनि दोषी पक्ता लागेको छैन । करिब एक महिना पहिला इश्वरपुर नगरपालिका १३ स्थित सागरनाथ जंगल क्षेत्रमा अन्दाजी १६÷१७ महिनाको जस्तो देखिने शिशु(छोरी)को हत्या गरी गाडीएको अवस्थामा शव फेला परेको थियो ।
असार २० गते ईश्वरपुर नगरपालिका १३ स्थित सागरनाथ जंगलमा गाडेको अवस्थामा १६÷१७ महिनाको जस्तो देखिने नवजात शिशु (छोरी)को शव फेला परेको थियो । वस्तुभाउ चराउन गएका स्थानियले शिशुको शव देखेपछि तत्कालै प्रहरी खबर गरेका थिए ।
त्यस पश्चात अनुसन्धान सुरु गरेको बताएको प्रहरीको अनुसन्धान र दोषीको खोजी कार्य सुस्त देखिएको स्थानियले बताएका छन् । ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक रोशन थापाको मपाईत्वका कारण घटना घटेको करिब एक महिना पुग्नै लाग्दा पनि दोषी पक्ता लाग्न नसकेको एक प्रहरी अधिकारीले बताए ।
सो घटनापछि मृतक शिशुको पहिचान खुलाउनै समय लागेको भएपनि घटना घटेको करिब एक महिना हुन लाग्यो तर प्रहरी निरिक्षक थापा सो घटनाको अनुसन्धानमा तल्लीन हुनुको सट्टा घुमुवा राखेर कमिसन असुल्नमा व्यस्त रहेका प्रहरीस्रोतको दाबी छ । उनले प्रहरी हबल्दार लक्ष्यमण गौतमलाई घुमुवा राखेर भन्सार छलीका सामानहरुबाट कमिसन असुल्नमा व्यस्त देखिएका स्थानियको समेत आरोप छ ।
एक स्थानियले भने प्रहरीलाई भन्सार छलीको सामान कुन बाटोबाट कसले र कति ल्याउँछन् भन्ने राम्ररी थाहा छ प्रहरी निरिक्षक थापा त्यतै कमिसन असुल्नमा व्यस्त रहनु भएको छ । जंगलमा गाडेको अवस्थामा १६÷१७ महिनाको जस्तो देखिने नवजात शिशु (छोरी)को शव पहिचान तथा दोषीको अनुसन्धानमा प्रहरी निरिक्षक थापा नेतृत्वको टोली लागेको बताए पनि घटनाका दोषी पक्ता लगाउन भन्दा कमिसन असुल्नमा ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको प्रहरी टोली नै लागेको एक स्थानिय व्यापारीले बताए ।