प्रदेश–१ का मुख्यमन्त्री राई कोरोना संक्रमित

15.8k Shares

विराटनगर,  १७ साउन । प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड–१९ संक्रमित भएका छन् ।

मुख्यमन्त्री, उनका परिवारका सदस्य, सचिवालयका सदस्य, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत १६ जनाको स्वाब नमुनाको हिजो पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीनजनामा संक्रमण देखिएको हो ।

मुख्यमन्त्री राई, उनकी पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीसहित तीनैजनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । संक्रमणका मुख्यमन्त्री राईको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार