आईजीपी विवाद मुद्दा आज फैसला आउन सक्ने

16.5k Shares

काठमाडौं,  २७ असार । नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा सोमबार सुनुवाइ हुँदैछ। सोमबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ ।
यसअघि १९ असारमा सुनुवाइ भएकोमा मुद्दालाई हेर्दाहेर्दैमा राखेर आज सोमबार पेसी तोकिएको थियो। सोमबार यो मुद्दामा फैसला आउन सक्ने सम्भावना छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ।  सर्वोच्चले २३ असारसम्म बहस नोट बुझाउन भनेको थियो । उसले २६ गते पेसी राखेर अन्तिम सुनुवाइ सक्दै फैसला सुनाउने समय तोकेको हो ।
केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ । आ फूलाई प्रहरी महानिरिक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले उनलाई छोडेर धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।
यसअघि १९ असारमा सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो। सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू भिमार्जुन आचार्य, टिकाराम भट्टराई  र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए ।

सम्बन्धित समाचार