18.6k
Shares
काठमाडौं, २१ असार । संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक सरकारले फिर्ता लिएको छ ।
नागरिकता विधेयक फिर्ता लिएको एक मन्त्रीले जानकारी दिए । सरकारले २०७५ सालमा नै नागरिकता विधेयक संसदमा लगेको थियो ।
चार वर्ष अघि संसदमा लगेर पारित हुन नसकेको विधेयक सरकारले फिर्ता लिन लागेको हो । “संसदमा विचाराधीन नागरिकता विधेयक भोलि नै फिर्ता लिने निर्णय भएको छ,” एक मन्त्रीले भने, “लगत्तै बाबु र आमाको नागरिकता भएकाहरुलाई तत्काल नागरिकता दिनेगरी नयाँ विधेयक संसदमा जानेछ ।”