बढ्यो सुन र चाँदीको भाउ

17.8k Shares

काठमाडौँ, १२ असार । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

सम्बन्धित समाचार