पर्सा । बीरगंज र पर्साको विभिन्न नाकाबाट प्रहरी सेटिङमा भारतबाट अवैध रूपमा भैंसी नेपाल भित्र्याउने काम भैरहेको छ ।
पर्साको इनर्वा गाउँबाट यस्तो तस्करी भैरहेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी गंगा पन्तलाई समेत गुमराहमा राखेर इनर्वा गाउँका चौकीका असई र त्यहाँ खटिएको सशस्त्रको भन्सार स्थित बिओपीका प्रहरी मिलाएर राति १२ बजेदेखि भैसीको तस्करी हँुदै आएको छ ।
अहिले प्रहरी मिलाएर भैसीको तस्करी गर्न लाईन पाएकाहरूमा अशोक साह, शशि शर्मा, जय प्रकाश र हुलास यादव रहेका छन् । उनिहरू सबै बलिरामपुरका हुन् । उनिहरूले लोकल प्रहरी सेटिङमा लामो समयदेखि तस्करी गरिरहेका छन् । उनिहरूले मुसर्वा हँुदै बलिरामपुरको नहरको बाटो प्रयोग गरेर भैसीको तस्करी गरिहेका छन् ।
यो तस्करीको संन्जाल पर्साका एसपी गंगा पन्त र बाराका एसपी कृष्णप्रसाद पंगेनीलाई समेत थाहा नभएको हुन सक्ने स्थानीय बताउँछन् । पर्सा र बाराको जिल्लाको टोलीले बेलाबखत तस्करीको भैंसीहरू पक्राउ गरिरहे पनि लोकल प्रहरी मिलाएर यिनीहरूले ठूलो मात्रामा भैसीको तस्करी गरिरहेका छन् । यो तस्करीको जानकारी बाराका एसपी र दुई नम्बर प्रदेशका डिआईजी कहाँ समेत शुक्रबार नै पुगिसकेको थाहा भएको छ ।