भावी आइजीपीको लागि डिआइजी बन्ने दौडमा को को ?

18.1k Shares

काठमाडौं । अब डिआइजी बन्नेहरुबाट नेपाल प्रहरीको ३०औं आइजीपी बन्नेछन् । अबको ९ महिनापछि आइजीपी बन्ने उद्देश्य राखेका प्रहरी अधिकृतहरु डिआइजीमा पहिलो नम्बरमा रहने गरी दौडमा छन् । प्रहरीको अहिलेको नियमावली कायमै रहेमा अब बढुवा हुने डिआइजीमध्येबाट आइजीपी बन्ने छन् । यसकारण डिआइजीको दौडधूप तिव्र बनेको हो । जसमा दुई लटमा एसएसपी बनेकाहरु उत्साहका साथ सक्रिय छन् । 

१७ वटा डिआइजीको दरबन्दीमा २७ एसएसपीबीच प्रतिष्पर्धा देखिएको हो । जसमध्ये पहिलो लटमा १३ र दोस्रो लटमा १४ जनाको बढुवा भएको थियो । डिआइजी बढुवाको दौडमा किरण बज्राचार्य, सन्दीप भण्डारी, दीपक थापा, टेकप्रसाद राई, भीम प्रसाद ढकाल, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरी, बुद्धिराज गुरुङ, पोषराज पोखरेल, टेकबहादुर तामाङ र वसन्त बहादुर कुँवर छन् । उनीहरु पहिलो लटमा एसएसपीमा बढुवा भएका हुन् । 

दोस्रो लटमा बढुवा भएकामध्येबाट दुर्गा सिंह, विष्णुकुमार केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, रवीन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेलका अलावा गत वर्ष एसएसपीमा बढुवा भएका कृष्णकुमार महत, उमाशंकर पञ्जियार, गोविन्दकुमार साह, अर्जुन चन्द्र ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, डिल्लीराज पन्त, मधुसुदन लुइँटेल, विकासराज खनाल र मोहन प्रसाद पोखरेल दौडमा छन् । एसएसपीहरु शक्ति केन्द्रमा धाउने क्रम बढेको छ । उनीहरु जसरी पनि पहिलो नम्बरमा परेर बाजी मार्ने दाउमा छन् । 


सम्बन्धित समाचार