17.3k
Shares
काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइको निधन भएको छ।
देउवाका भाइ प्रेमबहादुरको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले जानकारी दिए ।
क्यान्सरका बिरामी प्रेमबहादुरको काठमाडौंमा निधन भएको हो । प्रेमबहादुरले पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए ।