विराटनगर महानगर मेयर उपमेयरमा जसपाबाट आठजनाको नाम सिफारिस

16.9k Shares

विराटनगर, ९ वैशाख । जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा आठजनाको नाम सिफारिस गरेको छ । 

गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाए पनि जसपाले पनि मेयर र उपमेयर भन्दै आठजनाको नाम सिफारिस गरेको हो ।

गठबन्धनमा जसपाले विराटननगरको उपमेयर पाएको छ । शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम समावेश गरिएको छ । जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम पनि राखिएको छ । 

अमरेन्द्रसहित  भुराज राई, डा.रामविलास यादव, मो.नसरूल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम मेयर र उपमेयरमा सिफारिस गरिएको छ । 

३० वैशाखमा हुने स्थानीय तह निर्र्वाचनको ११ र १२ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ ।

सम्बन्धित समाचार