एसपीका बडीगार्ड नै मातहतबाट रकम असुल्दै

21.9k Shares

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी कृष्ण प्रसाईका बडीगार्ड हवल्दार परमिन्दर कुर्मी मातहतका थाना चाैकीबाट रकम असुलीमा सक्रिय हुने गरेको खुलासा भएको छ।  इलाका प्रहरी  कार्यालय खजुरी धनुषा दरबन्दी भएका कुर्मीले एसपी प्रसाईकाे बडीगार्ड भएको भन्दै शक्तिकाे आडमा मातहतका थाना चाैकीबाट रकम असुली गरिरहेका छन् । विगत ६ बर्षदेखि सर्लाही जिल्ला प्रहरी कार्यालयमा कार्यरत कुर्मी तीन बर्षदेखि जुन एसपी आएपनि बडीगार्ड बन्दै आएका छन् ।

जुनसुकै कार्यालयका प्रमुखले पनि आफ्नो ड्राइभर , लेखापाल र कार्यालय सहयोगीलाई बढी बिश्वास गर्ने गर्छन् । त्यसमाथि प्रहरीमा त ड्राइभर र बडीगार्डलाई झनै बिश्वास गर्दछन।  त्यही बिश्वासकाे फाइदा उठाउदै प्रसाईका बडीगार्ड कुर्मीले मातहतका थाना चाैकीबाट खुलेयाम रकम असुली गरिरहेका छन् । उनलेे सीमावर्ती क्षेत्रका पर्सा , संग्रामपुर , त्रिभुवननगर , मधुवनी गाउँ , गाेरखकाली , बलराफिनरा , भारसह लगायतका चाैकीका प्रमुखहरूबाट २ देखि ५ हजार सम्म लिने गरेको केही चाैकी प्रमुखहरूले बताएका छन् । रकम नदिने थाना चाैकीका प्रमुखहरूकाे बिरूद्वमा हाकिमलाई कुरा

हुदांनहुदां कुरा लगाउने  र त्याहांबाट हटाउने काम समेत उनले गर्दै आएका छन् । त्यसैले पनि बाध्य भएर उनीहरूले कुर्मीलाई मासिक रूपमा रकम बुझाउनुपर्ने अवस्था आएको चाैकी प्रमुखहरूकाे भनाइ छ । यसबाहेक  सीमामा रहेका चाैकीहरूमा जाने सिपाही हवल्दारले पनि त्यस्तै गर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् ।  प्रशासन फांटमा यो सिपाही  र हवल्दारलाई फलानो चाैकीमा पठाउनु भन्ने एसपी सापले भन्नुभएको छ भन्दै बडीगार्ड कुर्मीले उनीहरूलाई पठाएर तिनीहरूबाट पनि आर्थिक फाइदा लिने गरेको समेत उजागर भएको छ। बडीगार्डकाे कारण एसपी प्रसाईं समेत बदनाम भएका छन् ।

सम्बन्धित समाचार