एम्बाप्पेलाई कोरोना संक्रमण

20.5k Shares

काठमाडौं, २३ भदौं । फ्रान्सेली स्टार खेलाडी केलियन एम्बाप्पेमा कोरोना संक्रमण देखिएको छ । यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल खेलेका एम्बाप्पेलाई कोरोना पुष्टि भएको हो ।

फ्रेन्च फुटबल फेरेडेसन ९एफएफएफ०ले सोमबार उनीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो । एफएफएफले हाल एम्बाप्पे हाल आइसोलेसनमा रहेको बताएको छ ।

फ्रान्सले आज -मंगलबार_ राति क्रोएसियासँग आफ्नो दोस्रो खेल खेल्दैछ । यसअघि स्विडेनसँगको पहिलो खेलमा एम्बाप्पेले गोल गरेका थिए । आजको खेलमा एम्बाप्पे सहभागि नहुने भएका छन् । एम्बाप्पे सहभागि नहुँदा टिमलाई असर भने पर्नेछ ।
 

सम्बन्धित समाचार