उपत्यकामा थपिए ३२६ कोरोना संक्रमित

18.2k Shares

काठमाडौं, उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि  भएको हो। 

सम्बन्धित समाचार