भने जति रकम नदिँदा छापा

18.5k Shares

जनकपुर । भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका लाखौं मूल्य बराबरको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा हानेर भन्सार छलेर ल्याइएका समान नियन्त्रणमा लिएको हो ।
नदाफले तस्करी गरी ल्याएका समान गाई गोठमा लुकाएर राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायब निरीक्षक बब्लु ठाकुरको कमाण्डमा गएको टोलीले दुई लाखभन्दा बढी मूल्यको समान नियन्त्रणमा लिएको छ ।
नदाफको गाई गोठ खानतलासी गर्दा ५० केजीको दरले ११ बोरा ५५० केजी सुकेको हरियो मटर, दुई पोका रेडिमेड कपडा र एक पोका चप्पल गरी करिब २ लाख १३ हजार ४ सयको समान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
नियन्त्रणमा लिइएको समानहरु आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको मिश्रले बताए । तर व्यापारी पक्षले भने प्रहरीले भनेको जति रकम नदिँदा छापा मारेको आरोप लगाउएको छ ।
 

सम्बन्धित समाचार