घुससहित चाबहिल मालपोतका खरदारसहित तीनजना पक्राउ

20.1k Shares

काठमाडौं, १३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, चाबहिलका खरदारसहित तीनजनालाई एक लाख ३५ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

बिहीबार साँझ उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। पक्राउ पर्नेमा खरदार लक्ष्मण बस्नेत, होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ रहेका छन्। जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सेवाग्राहीबाट घुस लिँदालिँदै उनीहरु पक्राउ परेको अख्तियार जनाएको छ ।

सम्बन्धित समाचार