18.3k
Shares
काठमाडौं । प्रजातन्त्रको उपलक्ष्य पारेर एक्टीभ इन्टरटेनमेन्ट प्रा.लि.ले कलाकारलगायत विभिन्न पेशामा लागि समाजसेवा गर्नेहरुलाई सम्मान गरेको छ ।
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व उपसभापतिको प्रमुख अतिथ्यतामा एक्टीभ इन्टरटेनमेन्ट प्रा.लि.ले समाजसेवी तथा कलाकर्मी जानुकी बज्राचार्यलगायत दर्जनौ व्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानित बज्राचार्यले आफूले सभ्य समाजका लागि गरेको योगदानको कदर गर्दै आफूलाई सम्मानित हुन योग्य ठानी सम्मानित गर्ने एक्टीभ इन्टरटेनमेन्ट प्रा.लि.लाई धन्यवाद दिएकी छिन् ।
एक्टीभ इन्टरटेनमेन्टद्वारा आफू सम्मानित हुँदा अझ आफूले समाजमा केही योगदान गर्ने जोश, जाँगर र उत्साह बढेको बज्राचार्यले बताएकी छिन् ।