आज स्थानीय तह निर्वाचनको मिति घोषणा हुँदै

16.7k Shares

काठमाडौं, २४ माघ । सरकारले आज सोमबार सम्भवतः स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब परिरहेकोलाई समेत मध्यनजर गरी आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकिने सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सञ्चारकर्मीलाई बताउनुभयो ।

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने सरकारको तयारी रहेकाले निर्वाचनको विषयमा ढुक्क हुन पनि उहाँले आग्रह गर्नुभयो । आयोगले स्थानीय तह निर्वाचन गर्न जेठ ४ गते बुधबारको दिन ७ सय ५३ तहमा एकैपटक निर्वाचन गर्ने प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्बाट मिति तोक्नका लागि आयोगले निर्णयका गृह मन्त्रालयमार्फत राय पनि पठाइसकेको छ ।

सम्बन्धित समाचार