काठमाडौं, माघ १७ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। नेताहरूबीच संसद्मा जारी अवरोध, एमसीसी र स्थानीय तह निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।
आउँदो जेठभित्र स्थानीय तह निर्वाचन गर्ने विषय सत्ता गठबन्धन दलभित्र यसअघि नै सहमति जुटिसकेको छ। तर, एमसीसीका विषयमा भने गठबन्धन दलहरूबीच मतभिन्नता छन् ।
प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन चाहेका छन् भने प्रचण्ड र नेपालले नमानेको बताइएको छ। एमसीसीकै कारण सत्ता गठबन्धन टुट्नसक्ने टिप्पणी भइरहेपनि नेताहरूले यसलाई अस्वीकार गरेका छन् ।