बञ्चरो प्रहार गरी बुबाको हत्या

16.9k Shares

काठमाडौं, माघ १७ । कञ्चनपुरमा आफ्नो पिताको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।  लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय  रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

घरायसी झगडामा रामविलासले बञ्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

सम्बन्धित समाचार