विश्वास पात्रबाटै धोखा खाँदै एसपी पन्त

18.1k Shares

वीरगञ्ज, २० भदौ । पर्सा प्रहरीको कमाण्ड सम्हाले देखी नै आफ्नो कार्यप्रति निष्ठावान र इमान्दारीताका कारण चर्चामा रहेकी पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले आफ्नै विश्वास पात्रबाट धोखा खाइरहेकी छिन् । 
पर्साको विभिन्न नाकाहरुबाट अहिले भइरहेको खुलेयाम तस्करीले यसलाई प्रस्ट पारेको छ । प्रहरी उपरीक्षक पन्तले विश्वास गरेर पर्सा प्रहरीको अतिनै सम्वेदनसिल विभागको रुपमा रहेको क्राईम ब्रान्च शाखाको प्रमुखमा राखेकी प्रहरी निरीक्षक रवि भुषण यादव नेतृत्वको टिमले एसपी पन्तले आखाँ चिम्लिँदा पर्साको सिमा नाकाहरुबाट निर्वाध रुपमा तस्करी भइरहेको भिडियो यस अनलाईनले प्रमाण समेत सुरक्षीत राखेको छ । 
पर्सामा क्राईम टोलीको सहयोग बिना सिमा नाकाबाट तस्कर समुहले एउटा सियो समेत तस्करी गरेर भित्र्याउन सक्दैनन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले भारतसँग जोडिएको नेपालको सबै खुला सिमा नाकाहरुलाई सिल गरेको छ तर सिमानाकामा रहेका प्रहरी युनिटहरु तस्करसँग साँठगाँठ गरेर दिउँसै तस्करी धन्दालाई निर्वाध चलाईरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालीकामा भदौ २५ गतेसम्मको लागी निषेधाज्ञालाई निरन्तरता दिएको छ । तर, वीरगञ्ज भन्सारको पछाडि रहेको इनर्वा गाउँको सिमावर्ती बोर्डर नाकामा यसको कुनै असर देखिँदैन । इनर्वा गाउँसँंगै सटेको भारतिय सिमानाकामा सिमा सुरक्षा तथा सबै किसिमका आवत जावतमा रोक लगाउन खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले मानव आवत जावत तथा तस्करहरुको लागी भने ओहोर दोहोरका लागी कुनै अवरोध गरेका छैनन् । यस अनलाईनका प्रतिनिधी उक्त ठाउँमा पुग्दा सशस्त्र प्रहरी र नेपाल प्रहरी कै सामुनेबाट साईकल मोटरसाइकल तथा अपांगहरुलाई प्रयोग गरेर इनर्वा गाउँको बाँसघारीबाट दिनको १० बजेदेखि नै निर्वाध रुपमा भारतबाट तस्करी गरेर नेपालतर्फ भित्र्याउने गरेको देखियो । उक्त बाँसघारी भएको ठाउँ भएर दिन भरी तस्करी हुने गरेको स्थानीय बताउँछन् । स्थानीय प्रहरी चौकी इनर्वा गाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डेले तस्करहरुसँग साँठगाँठ गरेर तस्करीलाई बढावा दिएको स्थानीयले बताए । यस ठाउँमा बन्दको कुनै असर छैन तपाई जति बेला आउनु साईकल मोटरसाईकलमा भारत पुगेर मान्छे ओहोर दोहोर गरेकै हुन्छ तस्करहरुको लागी त झन कुनै रोकतोक छैन । के प्रहरीको सहयोग बिना यो सम्भव छ त ? भनी स्थानीयले उल्टै प्रश्न तेर्साए । प्रहरी सहायक निरीक्षक पाण्डेले रकम असुलीका लागी सादा पोषाकमा प्रहरी जवान जयप्रकाश यादवलाई समेत खटाएको स्रोतले जनायो । 
भारतबाट तस्करी गरेर वीरगञ्जसम्म माल समान पु¥याउनु पर्ने भएकोले स्थानीय प्रहरी चौकीको सहयोगले मात्र तस्करी सम्भव हुँदैन क्राईम टोलीको आशिर्वाद बिना खुला सिमा नाकाबाट तस्करी असम्भव मात्रै होईन तस्कर समुहले सोच्नै नस्कने नाम नछाप्ने सर्तमा एकजना तस्करले बताएका छन् । पर्सामा तस्करी रोकिएको बारे केही दिन यतादेखि विभिन्न मुलधार बाहिर रहेका केही सञ्चार माध्यममा आइरहेको समाचारमा कुनै सत्यता नरहेको इनर्वा गाउँबाट भइरहेको खुलेयाम तस्करीले प्रस्ट पारेको सजिलै बुझ्न सकिन्छ ।

सम्बन्धित समाचार