14.7k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १४३ जना कोभिड संक्रमित थपिएका छन् ।
काठमाडौंमा २ हजार ४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ८६३ पुगेको छ ।
देशभर आज ८८ हजार ६४२ जना होम आइसोलेसनमा र १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा, २५७ जना आईसीयूमा र ४९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।