काठमाडौंमा आफ्नै घरभित्र दम्पती मृत्त भेटिए

17.3k Shares

काठमाडौं । काठमाडौंमा आफ्नै घरभित्र दुई जना मृत फेला परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका-३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ बिहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।

साँखु प्रहरीका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ। घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन् ।

बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले प्रहरी टोली घटनास्थल पुग्दै छ । ‘वास्तविकता अनुसन्धानपछि मात्र भन्न सकिन्छ’, प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले भने ।

सम्बन्धित समाचार