नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, १० वर्षमा २७ लाखले बढ्यो

19k Shares

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ ।

बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यो २०६८ सालको  तुलनामा झन्डै २७ लाख बढी हो ।

नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८पछिको सबैभन्दा न्यून हो । १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको  बढेको छ। वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो ।

नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ । नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ ।

सम्बन्धित समाचार