इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

1.2k Shares

इलाम । इलाममा आज बिहान जिप दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु भएको छ । 
प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार