काठमाडौं । आफूसँग जग्गाधनी पूर्जा छ भनी ढुक्कसँग बस्नेहरुका लागि मालपोत कार्यालय कलंकीका कर्मचारीहरुको हर्कतले ढुक्क भएर बस्ने अवस्था नभएको एक घटनाले पुष्टि गरेको छ ।
कालिमाटीस्थित प्राइम लोकेसनमा रहेको झण्डै १ रोपनी १३ आना जग्गा किर्ते कागजात बनाई अमेरिकामा रहेका जग्गा धनीलाई पत्तो नै नदिई विक्री वितरण गर्ने गिरोहलाई सीआईवीले पक्राउ गरेको छ ।
अमेरिकामा रहेका जग्गाधनीको कीर्ते परिचयपत्र बनाएर ८ करोड रुपैयाँमा बिक्री वितरण गर्न सहयोगी भूमिका खेल्ने वडाध्यक्ष र मालपोत अधिकृतसहितको ठूलो गिरोह पुक्राउ परेको हुन् ।
विदेशमा बस्ने व्यक्तिको नाममा नक्कली राष्ट्रिय परिचयपत्र र कागजात खडा गरी कालिमाटीस्थित करोडौँ मूल्यको जग्गा कौडीको भाउमा बिक्री गर्ने ठुगी गिरोहको पुर्दाफास भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चलाएको विशेष अप्रेसनमा काठमाडौँ महानगरपालिका—१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, कलंकी मालपोत कार्यालयका अधिकृत टीकाबहादुर कुवर, यो घटनालाई सहयोगी भूमिका खेल्ने कर्मचारी, लेखापढी व्यवसायी तथा दलालहरू पुक्राउ परेका छन्।
अमेरिकामा वैज्ञानिक रूपमा कार्यरत सुमित अडुकियाको कालिमाटीस्थित १ रोपनी १३ आना प्राइम लोकेशनको जग्गा, जसको मूल्य बजारमा करोडौँ पर्दछ, त्यसलाई भारतीय नागरिक राज सिंहानिया र उनीहरूका मतियारहरूले जम्मा ८ करोड रुपैयाँमा बिक्री गर्ने योजना बनाएर कीर्ते कागजात र राष्ट्रिय परिचयपत्रमार्फत् विक्री वितरण गर्न खोजेका थिए। जग्गाधनी आफैँ विदेशमा भएको मौका छोपी सरकारी कर्मचारीहरूको मिलेमतोमा भएको यो संगठित ठगीको पर्दाफास भएपछि अहिले राज्यको प्रशासनिक संयन्त्रमा नै ठूलो हलचल मच्चिएको छ ।