सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

935 Shares

काठमाडौ । आज सुनको भाउ सामान्य रुपमा बढेको छ। चाँदीको मूल्यमा भने आज गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९२ हजार ८ सय पुगेको छ ।
बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ९२ हजार ३ सय कायम भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। तोलामा ३५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ। गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

सम्बन्धित समाचार