रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषित

3.6k Shares

काठमाडौं । सरकारले रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार  मन्त्रिपरिषद् बैठकले प्राचीन संरक्षण ऐन २०१३ अनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो 
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार चार किल्ला तोकी स्मारक क्षेत्र घोषणा गरिएको हो ।
पूर्वमा जनकपुर भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालय हुँदै दक्षिणतर्फ गएको सडक परिक्रमा पथलाई तोकिएको छ ।
यसैगरी पश्चिमतर्फ भमरपुरा चोक हुँदै पश्चिमतर्फ गएको याज्ञवल्क्य संस्कृत माध्यामिक विद्यालय ज्ञानकुप, हनुमान मन्दिर हुँदै उत्तर दिशातर्फ गएको परिक्रमा पथलाई तोकिएको छ ।
उत्तरमा हनुमान मन्दिर, पिडारी चोक (राजा जनक स्मारक) हुँदै गएको मधेस प्रदेश भवन, मिल्स एरिया, भानु चोकसम्मको परिक्रमा पथको सडकलाई तोकिएको छ । यस्तै दक्षिणमा जनकपुरधामको मुरली चोक ९विद्यापति स्मारक० हुँदै भमरापुरा चोकसम्म गएको परिक्रमा पथको सडकलाई तोकिएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको लक्ष्य छ । त्यसका लागि सम्पदालाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्छ । सोही अनुसार सरकारले यस्तो निर्णय गरेको हो ।
यससँगै अब संरक्षित आसपास भवन निर्माण सहित तोकिएका मापदण्ड लागु हुनेछन् । सरकारले चालु आवको बजेटमा समेत विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय समेटेको छ ।

सम्बन्धित समाचार