शेयर बजार १८ अङ्कले बढेर २ हजार ५६० विन्दुमा

210 Shares

काठमाण्डाै – हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८.०७ अङ्कले बढेर २ हजार ५६०.८४ विन्दुमा पुगेको छ । नेप्से लगातार चौथो कारोबार दिन बढेको हो ।

आज फाइनान्स र व्यापार बाहेक सबै समूहको उपसूचक बढेकोमा निर्जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज १९५ वटा कम्पनीको शेयर बढेकोमा ७९ वटाको घटेको छ । ४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज प्योर इनर्जीको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयर १५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ३ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३५२ वटा कम्पनीका ९२ लाख ९८ हजार कित्ता शेयर ३ अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार