भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

529 Shares

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर निर्घात कुटपिट गरेको भिडियो भाइरल भएको छ । उक्त भिडियोमा प्रहरीले हत्या अभियुक्तलाई सार्वजनिक स्थलमा कुटपिट गरेको देखिन्छ ।

प्रहरीले लिभ-इन पार्टनर काजल बरियाको हत्याको आरोपमा २५ वर्षीय फैजल भनिने खट्की लखानीलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार फैजलले सामान्य विवादका क्रममा बरियालाई कुटपिट गरेका थिए । कुटपिटबाट मृगौलामा गम्भीर चोट पुगेपछि उपचारका क्रममा बरियाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार फैजलमाथि यसअघि पनि हिंसात्मक घटनामा संलग्न भएको आरोप छ । हालसालै बरियाको सहयोगमा उनी जमानतमा छुटेका थिए । फैजलले बरियालाई अर्को पुरुषसँग सम्बन्ध भएको शंका गरेकाले झगडा भएको र त्यसपछि हिंसात्मक रूप लिएको प्रहरीले जनाएको छ।

पक्राउपछि प्रहरीले शुक्रबार फैजललाई घटनास्थलमा लगेको थियो । यसै प्रक्रियाका क्रममा अभियुक्तलाई प्रहरीले कुटपिट गरेको भाइरल भिडियोमा देखिएको छ ।

निलाम्बौग प्रहरी निरीक्षक डीपी उनाडकतले यस कार्यलाई बचाउ गर्दै फैजललाई ‘कुख्यात व्यक्ति’ भनेका छन् । उनले अभियुक्त जमानतमा छुटेपछि पनि आपराधिक गतिविधि जारी राखेको दाबी गर्दै यस्तो कुटपिट महिलाविरुद्धका अपराधलाई गम्भीर रूपमा लिइने सन्देश दिनका लागि भएको बताए ।

सम्बन्धित समाचार