एनभीएल : काठमाण्डाैलाई हराउँदै अन्नपूर्णकाे पहिलाे जीत

935 Shares

काठमाण्डाै – नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर किङ्ग्सले पहिलो जीत हासिल गरेकाे छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाण्डौ रेड्सलाई ३–० को सोझो सेटमा हरायो । अन्नपूर्णले पहिलो सेट २५–२३, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२३ ले जित्यो ।

अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो । यस्तै काठमाण्डौको यो पहिलो हार हो । काठमाण्डौले पहिलो खेलमा मधेश वारियर्सलाई हराएको थियो ।

प्रतियोगितामा अहिले बेलुकी ७ बजे कर्णाली र खप्तड फल्कन्स सुदूरपश्चिम खेल्दैछन् ।

६ वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो २८ गते आइतवार हुनेछ ।

सम्बन्धित समाचार