6.9k
Shares
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको सचिव दिनेश थापामगरले बताए। उनका अनुसार बैठक २ बजेबाट सुरु हुनेछ। बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।
पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिरमा समानान्तर महाधिवेशन गर्ने कार्यतालिका ल्याउन बैठक राखिरहेको बेलामा पार्टी अनुशासन समितिको बैठक बोलाइएको हो। कांग्रेसले शनिवार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि डाकेको छ।