रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

819 Shares

काठमाडौँ । भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा अकल्पनीय क्षति पुर्याएको छ ।
सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुका अनुसार गत वर्षको भन्दा कम्तीमा १० गुणा ठूलो विनाशकारी बाढी आएको बताएका छन् ।
उनीहरुका अनुसार जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरेका छन् । जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौं बस्तीका साथै बजारहरु बगाएको उनले बताएका छन् । तटीय क्षेत्रमा रहेका सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सम्पर्कमा आएका छैनन् ।
आज बिहान ९ बजे रसुवा जिल्लाको टिमुरे बजारमा आकस्मिक बाढी आएको पाइएको छ । टिमुरे बजारका बस्तीमा ठूलो क्षति भएको छ ।

सम्बन्धित समाचार