आर्थिक लेनदेनमा विवादित डीएसपी कुवरको सेटिङ्गमा इच्छा होटलमा संचालित क्यासिनोमा नेपालीलाई प्रवेश

17.9k Shares

कलैया । कोरना महामारीको कारण अहिले नेपाल मात्रै होइन विश्व नै आक्रान्त बनेको छ । कोरनाको तेस्रो लहरको कारण सबैभन्दा बढी हाम्रो छिमेकी राष्ट्र भारत आक्रान्त बनेको छ । खुल्ला सिमानाका कारण दैनिक हजारौं भारतीय नेपाल आवतजावत गर्छन् भने नेपालीहरू पनि सयौंको संख्यामा भारतीय भूमिमा जाने गर्दछन् । यो कारणले पनि नेपालमा कोरनाको महामारी नेपालमा भयावह हुने देखिन्छ । कोरना महामारीको नियन्त्रण गर्नको लागि नै सरकारले सिनेमा हल , जिम हलदेखि पार्टी प्यालेसमा २५ जनाको संख्या तोकेको छ भने स्कुल र कलेज बन्द गर्नुका साथै सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू गरिसकेको छ । सोचे भन्दा बढी द्रुतगतिमा कोरना नेपालमा फैलिएको कुरामा दुई मत छैन । तर यस्तो भयावह अवस्थामा पनि नेपालमा संचालित क्यासिनोहरू भने अझै सुचारु मात्रै होइन धेरै मिनी क्यासिनोमा त यो महामारीको फाइदा उठाउदै खुलेयाम नेपालीहरूलाई प्रवेश गराइएको भेटिएको छ ।

यस्तो महामारीको समयमा बाराको सिमरा स्थित इच्छा होटलमा संचालित क्यासिनोमा नेपालीहरूको प्रवेश व्यापक भैरहेको समेत खुलेको छ । स्माइल कलेक्सन नामक कम्पनीको नाममा संचालित उक्त क्यासिनोमा इलाका प्रहरी कार्यालय सिमराको संरक्षणमा नेपालीहरूको प्रवेश सहज भएको समेत प्रहरीले नै जानकारी दिएका छन् । इप्रकाका डिएसपी मनोजित कुवरको संरक्षणमा नेपालीहरू क्यासिनो प्रवेश गरेको र भएको सूचना दिएपनि छापा नहान्ने र पक्राउ नगर्ने गरेको सोही इप्रकाका एक सईले जानकारी दिए । उनले भने, डिएसपीका घुमुवाको उठबस नै सोही क्यासिनोमा हुनेगर्छ ताकि जिल्ला वा प्रदेश प्रहरीको टोली छापा हान्न आए नेपालीहरू लुकाउन सकियोस् । इच्छा क्यासिनोको नामले यो चिनिने गर्छ । सोही क्यासिनोमा पहिले लेखापालको रूपमा रहेका जय कुमार ठगुन्नाले अहिले सो क्यासिनो संचालन गर्दै आइरहेका छन् । पहिले लेखापाल र पाँच प्रतिशत शेयर भएका ठगुन्नाले अहिले उक्त क्यासिनो मासिक ७० लाख तिर्नेगरि ठेक्कामा लिएको समेत थाहा भएको छ । सरकारलाई तिर्नुपर्ने रोयल्टी र होटललाई तिर्नुपर्ने भांडा बाहेक मासिक ७० लाख तिर्नेगरि उनले ठेक्कामा लिएको स्टाफहरू बताउँछन् । उक्त क्यासिनोमा गत बर्ष कोरनाको महामारीको समयमा पनि नेपालीहरू प्रवेश गराई जुवा खेलाएको कुरा सार्वजनिक भैसकेको छ । हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको छिमेकी भएको कारण डिएसपीहरूका लागि अति उत्तम मानिने इप्रका सिमरा काज हानेर जान सफल उनको दरबन्दी पनि त्यही भएको छ । यसअघि पर्सामा कार्यरत हुदां कुवर आर्थिक लेनदेनका कारण धेरै बिबादमा परेका थिए ।


सम्बन्धित समाचार