18.1k
Shares
काठमाडौं, माघ ६ । आज बिहीबार तय भएको सत्ता गठबन्धनका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ४ बजे बोलाइएको बैठक स्थगित भएको हो। बैठकको तयारी नपुगेपछि स्थगित भएको जनाइएको छ ।
यसअघि मंगलबार बसेको बैठकमा पनि स्थानीय तहको निर्वाचनका विषयमा नेताहरूबीच छलफल भएको थियो ।