काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटक नियमिततर्फ ३ लाख ३२ हजार २४१ जना विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् ।
यस्तै आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थीले परीक्षा दिएकोमा ३६ हजार ४२० जना उत्तीर्ण भएका छन् । नियमित र आंशिकतर्फ गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ६८ हजार १९० जना उत्तीर्ण भएका छन् । ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ । साथै एसएमएसमा NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर पनि हेर्न सकिन्छ ।
नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।