पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना : तराईमा बादल

1.3k Shares

काठमाण्डौ - आज देशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । 

आज मधेश प्रदेशबाहेक अरू प्रदेशको पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागको थोरै ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई क्षेत्रमा बिहान बादल लागेको छ । 

नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हिजो देशका विभिन्न जिल्लामा पानी परेको थियो । खोटाङ र उदयपुरमा ठूलो पानी परेको थियो भने महोत्तरीलगायतका क्षेत्रमा हावाहुरी चलेको थियो ।   

सम्बन्धित समाचार