मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक

8.3k Shares

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन हुने सीताराम ब्राण्डको ‘कृष्णा स्टाण्डर्ड’ दूधको बिक्री बितरणमा रोक लगाएको छ ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार प्रशोधित दूधको हकमा सरकारले चिल्लो पदार्थ ३ प्रतिशत तोकिएको छ । तर अनुगमनको क्रममा उत्पादन मिति २०८२ चैत २ र ब्याच नम्बर २८६१ भएको कृष्णा स्टाण्डर्डको लगबुकमा १.४ प्रतिशत मात्रै पाइएको थियो ।

उत्पादन भएर कोल्ड स्टोरमा तयारी अवस्थामा रहेको उक्त ब्याचको प्रशोधित दूधलाई सोहि उद्योगको प्रयोगशालामा परीक्षण गर्दा पनि चिल्लो पदार्थको मात्रा सरकारले तोकेको मापदण्ड विपरीत पाइएकाले ५ सय एमएलको ५ सय १९ क्रेट (१० हजार ३ सय ८० पोका) दूधको बिक्री बितरणमा विभागले रोक्का लगाएको शर्माले जानकारी दिइन् ।

सम्बन्धित समाचार