आगामी संसद्‌मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

6.1k Shares

झापा–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमार्फत पार्टीलाई संसद्‌मा निर्णायक  शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । 

जेसिजले आज यहाँ आयोजना गरेको ककस कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रहेका समस्याको समाधानका लागि नवीन ढङ्गले सोच्नुपर्ने बेला आएको र त्यसका लागि आफ्नो पार्टीले आवाज उठाइरहेको बताए। 

अध्यक्ष लिङ्देनले नयाँ र पुरानाको चर्चा भइरहेको भन्दै उमेर, पार्टी, अनुहार वा पहिलो पटक उठेकै आधारमा नभइ विचारका हिसाबले त्यसको मूल्यांकन गरिनुपर्ने धारणा राखे। 

उनले दीर्घकालीन शान्ति र स्थायित्वका लागि निर्वाचनअघि नै नवीन राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे।

सम्बन्धित समाचार