डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

5.5k Shares

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को फिल्म साइन गरेका छन् । डेब्यू फिल्म प्रदर्शन नआउँदै उनी ‘श्रिनिवास’मा अनुबन्ध भएका हुन् ।

गत दशैँमा प्रदर्शनमा आएको फिल्म ‘हरिबहादुरको जुत्ता’ टिमले मंगलबार ‘श्रिनिवास’ बनाउने घोषणा गरेको हो । जसको शीर्ष भुमिकामा अबिषेक र वरिष्ठ कलाकार हरिवंश आचार्य रहने बताइएको छ ।

दोस्रो फिल्ममा नै अबिषेकले हरिवंश जस्ता अनुभवी कलाकारसँग स्क्रिन सेयर गर्न लागेका हुन् । अबिषेको ‘कुमारी’ माघ २३ बाट प्रदर्शनमा आउँदै छ ।

निर्माण पक्षका अनुसार यस फिल्मको नायिका फाइनल हुन बाँकी छ ।

सरोज ओली र मोहितवंश आचार्यले फिल्म ‘श्रिनिवास’ निर्माण गर्न लागेका हुन् । एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्ने यस फिल्मको निर्देशक साजन काफ्ले र आकाश बराल हुन् ।

साजन र आकाशले फिल्म ‘बेहुली फ्रम मेघौली’बाट निर्देशनमा हात हालेका थिए । यो फिल्मको लेखक अभिमन्यु निरावी हुन् ।

सम्बन्धित समाचार